कुवेतमा कबिता प्रतियोगिता हुने

कुवेतमा कबिता प्रतियोगिता हुने कबिता पठाउन सबैमा अनुरोध !!
तिहारको लक्ष्मी पुजासंगै नेपाली साहित्य जगतका श्रष्टा महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्म शताब्दी मनाउने क्रम शुरु भएको छ। महाकवि देवकोटाको सम्झना गर्दै बर्ष भरिनै बिभिन्न सहित्यिक कार्यक्रम गर्नमा नेपाली साहित्य जगत उत्साहित भएर जुटेको छ। यसै क्रममा कुबेतमा पनि नेपाली भाषा साहित्यको जगेर्ना गर्ने र प्रबासमा कला सहित्यमा बिशेष चासो भएर पनि अबसर नपाएर बसेका श्रष्टाहरुको लागि भनेर हामीले यो महाकवि देवकोटा कबिता प्रतियोगिता आयोजना गर्न लागेका हौ।
प्रतियोगितामा लागि यहाँहरुको सरल, सफा, छोटो, मिठो नेपाली भाषामा लेखिएको कबितालाई मात्र समाबेश गरिने छ। त्यस्तै महाकवी देबकोटाको जीवनीसँग सम्बन्धित रहेर लेखिएको कबितालाई बिशेष प्राथमिकतामा राखिने छ। कबिता आगामी शुक्रबार भित्र पठाइसक्नु पर्ने छ। उत्कृष्ट ३ कबितालाई बिशेष पुरस्कार सहित सम्मान गरिनुको साथै मरुभुमीको कोसेली (nepalkuwait.com) पत्रीकामा उक्त कबिताहरुलाई प्रकाशित गरिने छ।

उही परदेश बाट हरि कृष्ण न्यौपाने (घायल)harineupane_3@yahoo.comसह-सचिबप्रबासी प्रगतीशिल पत्रकार मन्च(कुबेत)
आयोजक:- प्रवासी प्रगतीशिल पत्रकार मन्च(कुबेत)post box no. 2051,salmiya 20021,kuwait
email:- prabasiko_khabar@hotmail.com
web site:-http://prabasikokhabar.blogspot.com

कुवेतको मरुभुमिबाट नयाँ वेब पत्रिकाको शुरुवात नेपालीहरुमा नयाँ उत्साह

कुवेमा रहेका बिभिन्न बौदिक ब्यक्तित्वहरुको सामुहिक प्रयासमा नितान्त निश्पक्ष र स्वतन्त्र पत्रकारिताको साथमा कथा,कबिता,जिबन भोगाइ अनी कुवेतमा भएका सबै नेपाली दाजुभाई-दिदीबहिनीहरुको कथा-ब्यथालाई समेट्दै मनोरन्जन अनी २१औँ शताब्दिको सुचना प्रबिधीसंग सबैलाई चितपरिचित गराउने र सबै नेपालीहरुसंग हातमा-हात अनी साथमा-साथ गर्दै अगाडि बढ्ने प्रतिबद्दता अनुरुप http://nepalkuwait.com/ नामक नयाँ वेब पत्रिकाको शुरुवात भएको छ।
बिशेष गरी कुवेत र ईराकमा भएका नेपालीहरुको दु:ख-सुखको साझा चौतारीको रुपमा स्थापित यस http://nepalkuwait.com/
"मरुभुमिको कोशेली" बनेर सबै खाडीराष्ट्र र बिदेश अनी स्वदेशमा बस्नुहुने सबै बर्ग,जात-जाती,भाषा-भाषी र सबै धर्मालम्बीहरुको पहुच सम्म सजिलै पुग्न सक्नेमा यस "नेपाल कुवेत डट कम"का सबै टिममेम्बरहरु विश्वस्त हुनुहुन्छ।
खास गरी ३५-४० हजार नेपाली कामदारहरुको बैदेशिक कार्यथलोको रुपमा पारीचित यस कुवेतको मरुभुमिमा अहिले सम्म नेपाली दुताबास नहुनाले यहाँ रहेका सबै नेपालीहरुको आबाज संबन्धित ठाउँ सम्म पुर्याउने माध्यामको खाँचोलाई महसुस गरी यस वेब पत्रिकाको स्थापना भएको हो। आगामी दिनहरुमा ईराक अनी कुवेतमा कार्यरत नेपाली दाजुभाई-दिदीबहिनीहरु,बिभिन्न संघ-संगठन,बौदिक ब्यक्तित्व लगाएत विश्व भरी छरिएर रहेका नेपालीहरुको सुझाब सल्लाह र आग्रह अनुरुप निरन्तर स्वतन्त्र पत्रकारिता अनी निश्पक्ष समाचारको साथै बौदिक खुराक, मनोरन्जन, बेदनाको पोकोहरु,कथा-कबिता,साहित्य अनी अनौठाकुराहरु लगाएत कुवेतमा रहेका संघ-संगठनहरुको परिचय साथै कुवेत आउँदा नेपालीहरुमा आबश्यकपर्ने मार्गनिर्देशन लगाएतका खुराकहरु अनी तपाईं हाम्रा समाज, छर-छिमेक अनी वर-पर घट्ने गरेका सत्य तथ्य घटनालाई सकेसम्म चाडो तपाईंहरु समक्ष ल्याउने छौँ।
यदी तपाईंहरु संग पनि यस्ता कुनै प्रकारका सामाग्रीहरु छन भने हाम्रो ईमेल ठेगाना nepalkwt@gmail.com मा वा यस वेब पत्रिकामा रहेका हाम्रा सहयोगी टिममेम्बरहरुलाई उपलब्ध गराउनु होला।साथै आउँदा दिनहरुमा तपाईंहरुबाट उचित मार्गनिर्देशन र अंमुल्य राय-सुझाब को अपेक्षा राख्दै त्यसै अनुरुप अगाडि बढीरहने प्रण गर्दछौँ।

नेपाल कुवेत डट कम परिवार
कुवेतसिटी

कातारमा सिन्धुपाल्चोक युवा सिर्जना समुह को साधारण सभा सम्पन्न

कातारमा सिन्धुपाल्चोक युवा सिर्जना समुह को साधारण सभा सम्पन्न
किशमा बि सी दोह
युवा हरु को संगठनिक एकता , एक्कइसौ शताब्दी र गनतान्त्रिक राज्य प्रणालिको आब्श्यक्ता भन्ने मुल नारा का साथ कतार मा कार्यरत सिन्धुपाल्चोक जिल्ला बासीहरु को साझा संस्था सिन्धुपाल्चोक युवा श्रीजना समुहको तेश्रो साधारण सभा तथा दोश्रो अधिबेशन प्रेम योन्जनको सभापतित्वमा गत साता दोहा स्थित टपफर्म रेश्टुरेन्टमा सम्पन्न भयो ।
सो सभामा समुहले आफ्नो सामाजिक कृयाकलाप तथा एकबर्षको आर्थिक प्रतिबेदन प्रस्तुत गरेको थियो भने कतारमा कार्यरत सिन्धुपाल्चोक जिल्लाका कलाकार तथा साहित्यकार हरु फुर्ब योन्जन , पासाङ लामा , किशमा किशोर ,सिर्जना तमाङ र श्याम लामालाई खादा ओडाइ सम्मान गरेको थियो । साथै आगामी एक बर्षको लागि समुहले बाबुलाल तमाङको अध्यक्ष्यतामा नयाँ कार्यसमिती चयान गरेको छ । समुहले उपाध्यक्ष्यमा रण बा तमाङ , सचिबमा प्रेम योन्जन , सह सचिब मा ईन्द्रमणी नेपाल , कोशाधक्ष्य मा सुर्य बा. तमाङ तथा सदस्यहरुमा महिला सदस्य फुलमाया तमाङ सहित २९ सदस्यीय नयाँ कार्यसमिती चयन गर्यो । राजधानी सँग जोडीएको जिल्ला भएपनी बिकास को आधारमा बिकट मानिएको र बिकास निर्माणका कामहरु तिब्र गतिमा हुन नसकेकोले बत्ती मुनिको अध्यारो मा बस्नु परेको पिडालाई अबगत गराउदै समुहका नवनिर्बाचित उपाअध्यक्ष्य रण बा तमाङले सबैमा सहयोगको अपिल गरेभने समुहका नवनिर्बाचित अध्यक्ष्य बाबुलाल तमाङ ले कातारमा रहेका सम्पूर्ण सिन्धुबासी हरुलाई एकजुट भैइ सामाजिक भाबना मा लाग्न अभिप्रेरित गर्दै समुहलाई सहयोग गर्ने सबै प्रती हार्दिक आभार प्रकट गरे । सो अबसर मा सिन्धुपाल्चोक जेठल ७ मा उर्गेन टासी गुम्बा निर्माणको लागि आर्थिक सहयोग जुटाइएको थियो भने समुहले आफ्नो जिल्लाको लागि मात्र नभैइ सिङो देश कै लागि सामाजिक तथा आर्थोक सहयोग गर्ने प्रती बद्दता ब्यक्त गर्दै गुम्बा निर्माण को लागि उठेको रकम चाडै नै सम्बन्धित ठाउमा पठैने जानकारी गर्‍यो ।
सो सभामा प्रमुख अतिथी गैर अबासिय नेपाली संघ कतार च्यप्टार का अध्यक्ष्य नरेन्द्र भाट , बिशेष अतिथी तथा अतिथी हरुमा नेपाली जनसंपर्क समिती कतारका उपसभापती माधव प्रसाद भुसाल , कतार नेपाली एकता समाजका सल्ल्हाकार जि बि लामा , प्रबासी नेपाली मज्दुर एकता समाजका मुगाधन राइ , नबोदित साहित्यिक बचनालयका किशमा किशोर बुढाथोकी , नेपाल प्रबासी तमाङ समाजका सुन्दर तमाङ ले शुभकामना मन्तब्य दिनुभएको थियो । समुहका सल्ल्हाकार सोम बहादुर तामाङ्ले नवनिर्बाचित पदाधिकारी हरुलाई गोपनियताको सपथ खुवाउनुका साथै काम , कर्तब्य र अधिकारका बारेमा बताउनुभएको थियो भने कार्यक्रम रण बा तमाङले सन्चालन गर्नु भएको थियो ।

आदिवासी जनजाति महासंघ इजरायल शाखाको गठन यही हप्ता


यही मिति २०६५ १२ ०४ मा इजरायलमा आदिवासी जनजातिहरुको एक सामूहिक भेला संपन्न भएको छ।
सदियौं देखि एकात्मक राज्यप्रणालीबाट पिछडीदै आएका जनजातिहरु एकीकृतहुने क्रम चलिरहेको बेला इजरायलमा आई बिभिन्न पेशामा आवद्ध नेपाली जनजातिहरुले पनि उनिहरुका हक़ हित र संस्कृतिको संरक्षण संबर्धन तथा जातीय उत्थानको संघर्षमा सहभागिता जनाउने उद्धेस्यका साथ "आदिवासी जनजाति महासंघ इजरायल " शाखाको गठन गरि संस्थागत रूपमा अघि बढ़ने भएका छन । कार्यक्रमले यही १२ ११ मा जनजातिहरुको वृहद् भेलाको आह्वान गरि आदिवासी जनजाति महासंघ इजरायलको तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ ।
श्री नयन्द्र कुमार चेम्जोंगको संयोजकत्व तथा सिफारिसमा संपन्न सो कार्यक्रमले इजरायल भरी रहेका सम्पूर्ण आदिवासी तथा जनजातिहरुको उपस्थितिको लागि अनुरोध गर्दै जातीय हित संरक्षण तथा मुक्तिको यो आन्दोलनमा प्रवासबाट सहयोग र सक्रियता जनाउन आग्रह गरेको छ ।
चेम्जोङ्ग गैह आवासिय नेपाली सँघ राष्ट्रिय समन्वय परिषद इजरायल शाखाका उपाध्यक्ष एबं किरात याक्थुम चुम्लुम इजरायल शाखाका अध्यक्ष हुनुहुन्छ ।


कृष्ण थापा इजरायल

अनेसास इजरायलले साहित्य सम्मेलनको आयोजना गर्ने

नेपाली नयाँ बर्ष २०६६ को पावन अवसरमा अन्र्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) इजरायलद्वारा यही अप्रिल २५ तारिख शनिबारका दिन इजरायल स्थित तेलअभिभ शहरमा साहित्य सम्मेलन आयोजना हुन गइरहेको छ । उक्त सम्मेलनमा सहभागी हुन इच्छुक इजरायलमा रहेका साहित्यकारहरुले अप्रिल २२ तारिख भित्र अनेसास इजरायलका पदाधिकारीहरु मार्फत सम्पर्क गरि आफ्नो मौलिक रचनाहरुको साथमा रचना वाचनको लागि स्वयं उपस्थित हुनसक्नेछन् । रचना नेपाली भाषामा लेखिएको अप्रकाशित र मौलिक हुनु पर्नेछ । इजरायल बाहिर रहनु भएका साहित्यकारहरुको रचना समेत वाचन गरिने कार्यक्रम रहेकोले इच्छुक साहित्य सर्जकहरुले आफ्नो रचना sunil_sangam@yahoo.com तथा prativanepal@gmail.com मा इमेल मार्फत पठाई सहभागीता जनाउनु हुनको लागी हार्दिक आव्हान गरिन्छ । साथै यो कार्यक्रम अनेसास इजरायलको पहिलो कार्यक्रम भएको जानकारी अनेसास इजरायलले जनाएको छ ।
कृष्ण थापा महासचिव अनेसास इजरायल

कुवेतमा नेपाली घरेलु महिला कामदारहरुको अवस्था (एक रिपोर्ट):-

कुवेतमा बिगत केहि बर्ष देखिनै नेपालबाट महिला घरेलुकामदारहरुको प्रबेशमा नेपाल सरकारले रोक लगाएपनि भारत तथा अन्य राष्ट्रहरुलाई बिभिन्न एजेन्ट अनि माध्यामबाट ट्रान्जिट बनाएर कुवेतमा घरेलुकामदारको रुपमा नेपाली महिलाहरु भित्रिने क्रम बढिरहेको छ।कम पारिश्रमिक,धेरै घन्टाको काम त छदैँछ,यौन शोषण,कुटपिट तथा अन्य अमानबिय ब्यबहारबाट पिडित नेपाली घरेलु महिला कामदारहरुलाई न त उनिहरुको समस्या बताउने आट नैं छ, न त कहाँ,कसरि र कुन ठाउँमा जाँदा आफ्नो सबै समस्याको सुनुवाई हुन्छ केहि अत्तो-पत्तो छैन।यति सम्मकि आफु कुवेतको कुन ठाउँमा काम गर्दैछु अनि कसको घरमा काम गर्दैछु केहि थाहा हुन्न।
जब कुवेत एयरपोर्टबाट खतामा(महिला घरेलुकामदार)को अफिसमा लगेर कुवेतीको जिम्मा लगा लगाईन्छ,तब उनीहरु अघोषित बन्दि जस्तै हुन्छन र पिजडामा थुनिएको चरि जस्तै घरबाट बाहिर सम्म जान पाउदैनन्।न भनेको चिज खान पाउने,न समयमा सुत्न पाउने सबै मालिक(बाबा-मामा)को हातमा!! आफ्नो नाम नखुलाउने शर्तमा बिगत ७ बर्ष देखि कुवेतको जाब्रियामा काम गरिरहेकी रसुवाकी मगर थरकी एक महिलाले बताउनु भयो।कुवेतीको बच्चाहरुलाई खेलाउने र डुलाउने क्रममा एक बाल क्लबमा भएको भेटमा उनले रुदै भनिन्।यहाँ धेरै नेपाली दिदी-बहिनीहरुले चिडिया घरका जनावरलाई भन्दापनि ध्रिणित ब्यबहार गरिन्छ, यो म शब्दमा बर्णन गर्न सकिरहेको छैन्। यता ईलाम कि देउमाया राईको धेरै पैसा कमाएर २ छोरि र १ छोरालाई राम्रो शिक्षा दिलाउने सपना चकना-चुर भएको छ।३ बर्ष अघि घरेलु महिला कामदारको रुपमा काम गर्नको लागि झापाको राज कुमार गुरुङ मार्फत भारत हुँदै कुवेत आईपुग्नु भएकि देउमाया लाई शुरुमा ३५ केडि पारिश्रमिकमा कुवेतको सबानासर भन्ने ठाउँमा एक घरमा काम मिल्यो।"शुरुका केहि दिन ठिकै भए पनि ३ महिना पछिनै घरबेटि(बाबा)ले हात-पात गर्यो,कुट्यो तै पनि कहाँ जाउ भनेर सहेरै बसेँ अनि १० महिना पछि घरबेटि(मामा)ले एउटा गिलासफुटेको निउमा जिउ भरि निल-डाम हुनेगरि निर्घात पिटे पछि सहन नसकेर रातिनै घिस्रिदै-घिस्रिदै पासपोर्ट बिना नै खाली खुट्टा भागेँ।नेपाली खतामा अफिसमा रिता गुरुङ् संग १० महिना अबैधानिक रुपमा बसेँ।त्यस समय रिता गुरुङ् मार्फत एक अमेरिकन स्कूल हवालिमा काम गरेँ। अनि २ महिना पहिले साउदी अरबबाट नेपाली दुताबास अधिकारी कुवेत आँउदा माउन्टेन स्पोर्टस क्लब कुवेतको सहयोगमा पास्पोर्ट बनाएँ।अनि भाडा धेरै नभएका कारण भारत हुँदै घर जानको लागी ट्राभल डकुमेन्ट बनायौं तर हामीहरु अबैधानिक(इलिगल)भएका कारण भारत हुदै जान पाएनौं। आखिर फेरि अर्को ईलिगल नखुले सम्मको लागि फेरि कुवैतमै बस्नु पर्ने भयो। अब कहिले घर जान पाउने होला"उनले रुदै भनिन। उनिसनगैं घर जाने क्रममा रहेकि खेम रानि लौती र धन बहादुर गिरि पनि अबैधानिक रुपमा भिसा बिनाको पासपोर्ट लिएर भागी-भागी काम गरेर ज्यान पाल्न संघर्ष गर्दैछन् र चाडैं घर फर्कने ब्यबस्था मिलाई दिन अनुरोध गर्दैछन।
यता सिन्धुपाल्चोक मेलम्चीकी कुमारी तामाङ(नाम परिबर्तन) भने घरमा काम् गर्दाघरबेटि बाबा अनि अरु आफन्तले पटक-पटक यौन शोषण गर्ने प्रयास गरेको र अतिनै अमानबिय ब्यबहार गरेकोले सहन नसकि घरबाट भागीन। उनी केहि नेपाली चेलिकै सहयोगमा ब्युटिपार्लरमा बिना पासपोर्ट १२ घन्टा कामगरेर राम्रै आए-आर्जन गर्दै थिईन तर कुवेती पुलिसले काम गर्ने ठाउमा छापा मार्दा पक्राउ परि जेलमा २ महिना बसेर नेपाल जानु पर्यो। उता मोरङ घर बताउने सरस्वती श्रेष्ठ भने आफुले ८-९ महिना सम्म कामगरेको तलब नपाएर तलबको खोजि गर्दा उल्टै जेलमा कोचिनु पर्यो। यता माबुल्लाकम्प्लेक्सको छेउमा १ जना नेपालीचीलीको कथा अझै संबेगनशील छ। काठमाण्डौं घर भएकि र ब्युटि तालिम लिएर कलेज सम्म आध्यन गरेकी रक्षा(नामपरिबर्तन)लाई ब्युटिपार्लरमा काम लगाउने भनेर नेपाली महिला दलाल शेर्पिनिदीदी (बिगत १० बर्ष देखि बौंदमा नेपाली चेलिलाई खाडि मुलुक पठाउने काममा गरिरहेकि)ले भारत हुदै ७ महिना पहिले कुवेत पठाईन। उनिलाई घरमा काम लगाइयो अनि पटक पटक यौन शोषण गर्ने प्रयास गरेको हुदाँ काम शुरुगरेको महिना दिनमै पासपोर्ट बिना घरमै ड्राईभरमा कार्यरत बंगालिको सहयोगमा राति भागिन तर सो बंगालि ड्राईभरले घात गरेर उनिलाई बंगालीहरु मिलेर सन्चालित कोठिमा पुर्याएछ। उनिले अतिनै भाबुक भएर बम्बैंको कोठि संग मिल्दो उदाहरण अनि यौंन ब्यबसायमा बाध्य बनाएको कुरा बताईन। उनिले बिगत ६ महिना देखि आफु यस्तोकाममा लाग्न बाध्य भएको सुनाइन र रुदै भनिन अब नेपाल कुन मुख लिएर जाने??पासपोर्ट पनि छैन अनि मलाई कुवेतको नेपाली समुदय सग भेटने मौका मिलेको पनि छैन। उनिले बताए अनिसार फर्मानिया,फाहिल तथा हसबिया लगाएतको ठाउमा यस्तै काम गराउने ठाउँहरु रहेको र केहि नेपाली चेलि हरुलाई पनि यौन ब्यबसायमा लगाईरहेको कुरा बताईन।
केहि समय आगाडि ईलिगल(अबैधानिक रुपमा कार्यरत कामदारले बिना सजाय आफ्नो मुलुक फर्कन पाउने)समयको उपयोग गर्दै एयर अरबियाको फ्लाईटमार्फत नेपाल फर्कदै गर्दा दुब ईको सारजा एयरपोर्टमा १६घन्टा ट्रान्जिटको क्रममा कुवेतमा लामो समय देखि संघर्षरत नेपाली घरेलुमहिला कामदारको अनिनै नाजुक अबस्थामा स्वेदेश फिर्ति र अनुहारमा निरासा अनि भनाईमा कुवेतलाई उनिहरुकै शब्दमा"नरक(नर्ग)"जस्ता जिबनका भोगाईले पनि कुवेतमा कार्यरत अधिकांश नेपाली घरेलु महिला कामदारको अबस्था अतिनै संबेदनशिल रहेको प्रस्ट हुन्छ। हाल सुनुवाइकैक्रममा जन्मकैदको सजासजायमा रुपान्तरित नेपाली चेलि डोल्मा शेर्पामात्र होईनन धेरै नेपाली चेलीहरु कुवेतको जेलमा बिना कसुर छटपटाउन बाध्य छन।नेपालीहरुको कथा-ब्यथा सुन्ने र समस्या समाधानमा लागि पर्ने नेपाली दुताबास कुवेतमा नहुनुले पनि कति नेपाली कामदारहरुले के र कस्तो अबस्थामा कस्तो काम गरिरहेका छन भन्ने संख्या बताउन गार्हो रहेको र नेपाली दुताबासको स्थापनाको लागी कुवेतमा रहेका नेपाली समुदाय,संघ-संस्था हरुले पटक-पटक पहल गरेको र केहि आशा लाग्दा लक्षण देखिएको माउण्टेन स्पोर्टिन क्लब कुवेतका सह-सचिब राजन रिमालले बताउनु भयो।करिब ३०-४० हजार नेपालीहरु कार्यरतकुवेतको यो मरुभुमिमा नेपालीहरुको पिर ब्यथा बुझ्ने र बुझाउने नेपाली दुताबसको स्थापना कहिले होला त??अहिलेको गणतान्त्रिक सरकार संग कुवेतमा रहेका सबैनेपालीहरुको एउटै माग र आशा रहेको छ।

हरी कृष्ण न्यौपाने (घायल)
harineupane_3@yahoo.com
कालिका १ सिन्धुपाल्चोक हाल कुवेत बाट

द्वन्द पीडित सेना प्रहरी राष्ट्रिय संघर्स समिती

द्वन्द पीडित सेना प्रहरी राष्ट्रिय संघर्स समिती काठमाडौं शाखा मलेसिया आज मिती 26/01/2009 का दिन कोतरया को मे बैंक को प्रारङण् मा ४४२ जना द्वन्द पीडित सेना प्रहरी बिच भेला भैइ छलफल कार्यक्रम सन्चालन गरियो र यस्मा पुरानो कमिटी लाई बिघठन गरी नयाँ कमिटी पुनर्गठन गरी नेपाल मा चलिरहेको द्वन्द पीडित सेना प्रहरी राष्ट्रिय संघर्स समिती को आन्दोलन लाई एक्यबद्दता जनाउ दै चन्द सङ्कलन गरी सहयोग स्वरुप आज कै मिती मा marchantrade एक्स्प्रेस रेमिट बाट राष्ट्रिय कमान्डर भु. पु. प्र. ना. नि. सुर्य बहादुर घिमिरे ज्यु को नाम मा २१,५५० रुपैया नेपाल पठाइयो । आन्दोलन निर्णयक मोड मापुग्नको लागि अझै चन्द सङ्कलन गरिरहेको कुरा अबगत गराउदै नव निर्बाचित् संघर्स समिती चयन् गरियो ।
नामवली हरु :
१) कमान्डर: बिष्णु राणा :0163187627
२) साहयाक् कमान्डर :एेन कुमार श्रेष्ठ
३) सचिब :राज प्रसाद अधिकारी:0169045025
४) स-सचिब :ॠषि राम नेपाल
५)कोशाद्यह्क्ष्य :गोपाल कार्की :0146610470
६) सह-कोशाद्यक्ष्य :नेत्र कुमार श्रेष्ठ
सदस्यहरु मा :
७) जित बहादुर खत्री
८) गंगा राम सापकोटा
९) ध्रुब ओस्ती
१०) उमेश कुमार राणा
११) पूर्ण बहादुर घर्ती मगर
१२) राजेश धिताल
१३) भिम सिलवाल
१४) लाल बहादुर राउत
१५) मान बहादुर कार्की

नेपाल को लागि सम्पर्के नम्बर
सुर्य बहादुर घिमिरे (राष्ट्रिय कमान्डर )
009779841775294
समाचार सहयोगी : दावा रिन्जिन लामा , राम शरण गिरी

बलराम गिरी को मृत्‍यु

साउदी अरब् को राजधानी रियद स्थित अल्जेरी कम्पनी मा सवारी चालक बलराम गिरी को मृत्‍यु । सिन्धुपाल्चोक जिल्ला सांगा चोक गा. बि. स. ३ का बलराम गिरी साउदी गएको ९ महिना पछी रियाद स्थित अल्जेरी कम्पनी मा सुतेकै अवस्था मा मृत्‍यु भएका छन । गिरी को मृत्‍यु को कारण भने खुलेको छैन । गिरी को १ छोरा र २ छोरी छन भने छोरी हरु को विवाह भइसकेको र १ छोरा र श्रीमती घरमा छन । बलराम गिरी समाज का एक समाज बादी जिम्मेवार , स्वाभिमानी हुनु हुन्थ्यो । उहा को अग्रता मा चौतरा मेन सडक पानी चौर देखी गाउ भित्र स्वारा थोक जाने २ कि. मि. मोटार बाटो खानेका थिए । बलराम गिरी को मृत्‍यु ले प्रबासी सिन्धु समाज लाई क्षेती पुगेको छ ।

प्रबासी सिन्धु समाजको बैठक

अर्धबर्शिक भेला पछी को दोस्रो प्रबासी सिन्धु समाजको बैठक 2009/01/11 क्वल लम्पुरको द गोर्खास मा दावा रिन्जिन लामा को नेत्रित्व मा सम्पन्न भयो । प्रबासी सिन्धु समाजको यसै बैठक ले सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नम्बर २ अन्तर्गत पर्ने श्री चन्डे स्वरी उ. मा. बि. को भवन् निर्माण को लागि रु ४२०० बिद्यालय ब्यबस्थपान् समिती को नाम मा यसै संस्था का अध्यक्ष्य श्री कुमार आचार्य को हात मा पठएको छ । साथै यसै बैठक बाट सिन्धुसमाज को संस्था बिस्तार् को लागि जिल्ला मा यसै संस्था मा योग्दान दिनु भएका कुमार आचार्य , बिनोद दुलाल , अमर लामा , तथा राजन न्यौपाने लाई खटाइेको छ । यस् प्रबासी भुमी मा छरिएर रहनु भएका सम्पूर्ण सिन्धुपाल्चोक बासी हरुलाई यस् संस्था मा आबद्द भएर रहनको लागि यस् संस्थाको मुल कमिटी अव्हान गरेको छ ।

डोल्मा मृत्‍यु दण्ड बाट बचिन

फिलिपिनो काम दार को हत्या अभियोग मा फासी सुनैइ एकी सिन्धुपाल्चोक जिल्ला कि डोल्मा शेर्पा मृत्‍यु दण्ड मुक्त भएकी छन । पीडित परिवार ले ब्लडमनी स्विकारेको पत्र कुबेती अदालतले बुझेपछी उन्ले सर्फै पाएकी हुन । उन्लाई कुबेत को तल्लो र पुनराबेदन अदालत ले फासीको फैसला गरेका थिए ।
पुनराबेदन अदालत को मंगल्बार को निर्णयमा नेपाली चेली डोल्मा शेर्पा फासी मुक्त भएकी छिन् । साउदी अरबिया को रियाद स्थित नेपाली नियोग का राज्दुत हामीद आन्सरिले भने " अब उन्ले पाउने जेल सजाय को मिनहाको पहल थालिने छ "। एक फिलिपिनो घरेलु काम दार को हत्या को अभियोग् मा २० महिना देखी जेल परेकी डोल्माका तर्फबाट नेपाल सरकारले १० हजार डलर ब्लडमनी पीडित परिवार लाई बुझाएपछि मृत्‍यु दण्ड फिर्ता भएको हो ।

कुवेत गएकी युवती मानसिक सन्तुलन गुमाएर फर्किन्

हरी कृष्ण न्यौपाने
harineupane_3@yahoo.com
कालिका-१ सिन्धुपाल्चोक हाल कुवेतबाट

सानीआमामार्फत धन कमाउन विदेश पुगेकी एक युवती मानसिक सन्तुलन गुमाएर स्वदेश फर्केकी छन् । सिन्धुपाल्चोकको सेलाङ-७ की १७ वर्षीया गीता मगर कुवेतबाट मानसिक सन्तुलन गुमाएर नेपाल फर्केकी हुन् । गीता गत साउनमा कुवेत प्रवेश गरेकी थिइन् । कुवेत पुगेको चार महिनापछि उनी १ पुसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्धचेत अवस्थामा
भेटिएकी थिइन् । कतार एयरवेजबाट राति आएकी उनलाई विमानस्थलको सुरक्षार्थ खटिएका प्रहरीले अर्धचेत अवस्थामा फेलापारेका थिए ।अर्धचेत अवस्थामै माइती नेपालको संरक्षणमा पुगेकी गीताको होस खुलेपछि मानसिक सन्तुलन गुमेको पत्ता लागेको उनको परिवारजनले बताएका छन् । बेठेगानको गफ गर्ने उनी माइती नेपालकै संरक्षणमा छिन् । धन कमाउन गएकी गीता यस्तो अवस्थामा भेटिएपछि परिवारजन चिन्तित बनेका छन् । गीताकी ४० वषर्ीया आमा मानकुमारी पनि वैदेशिक रोजगारीको क्रममा साउदी अरबमा पुगेकी छिन् । परिवारका अनुसार गीता कुवेत र मानकुमारी साउदी अरब जान भनेर २४ असारमा चौताराबाट राजधानी लागेका थिए । मगर परिवारको सदरमुकाम चौतारामा होटल व्यवसाय छ । साउनमा आमाछोरी छुट्टाछुट्टै मुलुक प्रस्थान गरेका थिए । 'कुवेत पुगेपछि म आइपुगेँ भनेर घरमा फोन गरेकी थिई,' चिन्तित हुँदै गीताकी दिदी नानु मगरले भनिन्, 'अर्कोपल्ट सम्पर्क नहुँदै यस्तो हालतमा देख्नुपर्‍यो ।' उनले आमा मानकुमारी भने सम्पर्कमा आइरहेको बताइन् । 'बेठेगानका कुरा गरिरहेकाले गीता कसरी सन्तुलन गुमाएर फर्किन् भन्ने बुझ्न सकिएन,' उनले भनिन्, 'कसैले कुरा गरे त्यो पैसा ऊ त्यही झोलामा छ मात्र भन्छे ।' नानुका अनुसार आमाछोरी दुवैलाई कान्छी मगर नाम गरेकी आफ्नै सानीआमाले विदेश पुर्‍याएकी हुन् । सानीआमा 'कान्छी' पनि विदेश जान भनेर हिँडेको र सम्पर्कमा नआएको उनले बताइन् । उनले बहिनी गीतालाई कुवेत पठाउन दस हजार भारु खर्च भएको जानकारी दिइन् ।भर्खर १७ वर्ष मात्र पुगेकी गीताको विदेश पठाउन उमेर बढाएर २० वर्ष उल्लेख गरी राहदानी लिइएको परिवारले जनाएको छ । कुवेत नेपाली महिला कामदारका लागि प्रतिबन्धित देश हो । छोरी अर्धचेत अवस्थामा फेलापरेको खबर पाएपछि गीताका बाबु तामबहादुर शुक्रबार माइती नेपाल, काठमाडौं पुगेका छन् ।

प्रबासी सिन्धुसमाज मुलकमिटीको तदर्शसमिती बिगठन

आज मिती 2008/12/7 गते प्रबासी सिन्धु समाज मलेसिया को तदर्स समिती बिगठन तथा नयाँ कार्य समिती को चयन् भएको छ । मलेसिया स्थित युनिक रेमिट मनी त्रन्स्पोर्ट को हल मा भएको सो कार्य क्रम मा पूर्व अध्यक्ष्य बिनोद दुलाल् को सभापतित्व मा प्रबासी सिन्धु समाज को अर्ध वार्षिक अधिबेशन तथा बिदाइ कार्य क्रम भएको छ । कार्य क्रम मा बिभिन्न संघ संस्था हरु बाट उपस्थित अतिथी हरु मा कास्की संपर्क मन्च का अध्यक्ष्य राजु क्षेत्री ,श्रम साप्ताहिक का प्रतिनिधि धन बहादुर तमाङ , लगायत करीब ५० जना सिन्धुपाल्चोक बासी हरुको उपस्थित थियो । भने कुमार आचार्य को अध्यक्ष्यतामा ७ जना सक्रीय सदस्य हरु को चयन् गरिएको छ ।
१)अधक्ष्य :कुमार आचार्य
२)उपाध्यक्ष्य तथा वेब संचालक :दावा रिन्जीन लामा
३)सचिब :माधब बुढाथोकी
४)स-सचिब :श्याम काजी भार्ती
५)कोशाध्यक्ष्य :शान्त बहादुर तमाङ
सदस्यहरुमा:
राम मणी भट्टराइ
चित्र नेपाली

यसै अधिबेशन ले सिन्धु समाज का अव्हान् कर्ता पूर्व सदस्य तथा सुचना बिभाग का राम शरण गिरी लाई संस्थापक मा चयन् गरिएको छ । सो कार्यक्रम का संचालक सचिब माधव बुढाथोकी ले गरिएको थिए । भने मन्तब्य दिने कार्यमा प्रमुख अतिथी श्रम साप्ताहिक का पत्रकार धन बहादुर तमाङ ले सिन्धु समाज ले अब का दिन हरुमा दिन्दुखी हरु लाई हरेक ठाउँ मा सहयोग गर्ने छ भन्नु भएको थियो । अतिथी कै क्रम मा कास्की संपर्क मन्च का अध्यक्ष्य राजु छेत्री ले सिन्धु समाज ले प्रबाश मा रहेर पनि आफ्न जिल्ला बसी हरुलाई एउटै मन्च मा उभियाएको मा खुशी ब्यक्त गरेका थिए । संस्थापक राम शरण गिरी ले अब जिल्ला मा सिप लानु पर्ने कुरा मा जोड दिएका थिए । त्यस्तै बर्तमान अध्यक्ष्य कुमार आचार्यले संगठित गर्दै प्राबस मा सिकेको सिप को भकारी सिन्धुपाल्चोक मा जम्मा गर्नु पर्छ भनेको थियो । यसै गरी नि बर्तमान अध्यक्ष्य बिनोद दुलाल ले अब का दिन मा ७९ गा बि स मै सिन्धुसमाज समाज बाद् स्वतन्त्र राष्ट्रबाद को कार्यालय हुनु पर्ने कुरामा जोड दिनु भएको थियो। र बिनोद दुलाल को बिदाइ कार्य क्रम पनि सम्पन्न भएको छ ।

अत्यन्त जरुरी सुचना

आदर्णीय आम् सिन्धुपाल्चोक बासी दाजुभाई तथा दिदीबहिनी हरुमा हाम्रो प्रबासी सिन्धु समाज मलेसियाको मुल कमिटी क्वाललम्पुर तथा क्षेत्रीय कमिटी जोहोरबारुमा यही आउदो सेप्तेम्बरको दोस्रो हप्ता बाट यो प्रबासी सिन्धु समाज मा बौधिक तथा नयाँ युबा शक्ती हरुलाई नियुक्ती गरिने भएको ले आ-आफ्नो अधिकारको लागि सदस्यता लिनु हुन हार्दिक अनुरोध गर्दछौ ।
क्वालालम्पुर मुल कमिटी
1)राम शरण गिरी :0163605655
2)बिनोद दुलाल :0166768646
जोहोर बारु क्षेत्रीय कमिटी
3)रमेश भट्टराइ :0167654907
4)फुल्काजी स्यङ्बो :0167634259

प्रबासी सिन्धु समाज मलेसियाको उदेश्य हरु



१) मलेसिया मा कार्यरत सम्पूर्ण सिन्धुपाल्चोकबासी हरुको बिच् मा संपर्क , चिन जान सेवा एबम आपसी समाजदारीको अभिबृदि गर्ने।
२) मलेसिया मा कार्यरत सिन्धुपाल्चोक साथी हरु बिच संस्थागत सेवा पुर्याउने ।
३) प्रबास् को शिप ज्ञान र क्षमाता बाट जिल्ला को चौतर्फी बिकास गर्ने जस्तै :शिक्षा ,सडक, स्वास्थ्य खानेपानी जस्ता योजाना हरुमा संस्थाको तर्फ बाट आबश्यक सेवा पुर्यौने ।
४) मलेसिया मा कार्यरत सम्पूर्ण सिन्धुपाल्चोकबासीहरु को पीर मर्का र समस्या समाधानको लागि आबश्यक परामर्श तथा दोशी माथि कारबाहीको लागि यहाँ रहेको नेपाल राजद्रुताबास मार्फत सम्बन्धित निकायमा अनुरोध गर्ने तथा नेपालमै पनि बिभिन्न मनाबधिकार बादी संघ संस्था हरु सँग संपर्क गरी दोशी माथि कारबाहीको लागि दबाब दिन आग्रह गर्ने ।
५) सिन्धुपाल्चोकबासी हरु माथि भैइपरी आउने समस्या हरु जस्तै : दूर्घटना , असक्त ,अपाङ्ग भएमा निज लाई संस्था का सम्पूर्ण सदस्य र अन्य सहयो गी हरु सँग सहयोगको अपिल गर्ने ।
६) श्रमिक हरु बाट हुने गरेका कतिपय अनैतीक तथा बिकृति पूर्ण कार्य को बिरोध गर्दै आम् श्रमिक लाई सुधारअत्मक बाटोमा जाने बातवरण को सिर्जना गर्न पहल गर्ने ।
७) यस् संस्था का अन्य सेवा तथा सहयोगको उदेश्य ले स्थापना भएको संघ संस्था हरु सँग हातेमालो गर्दै अघि बड्ने ।
८) यस् संस्था लाई सिन्धुपाल्चोक जिल्ला मा तथा अन्य मुलुक मा बिस्तार गर्दै लैजाने ।
प्रबासी सिन्धु समाज मलेसिया

प्रबासी सिन्धुसमाज को संगठनआत्मक स्वरुप

प्रबासी सिन्धु समाज मलेसिया को संगठनआत्मक स्वरुप लाई निम्नासार बिभाजन गरिएको छ :
१) केन्द्रिय समिती :
अ) तत्काल को लागि मलेसिया को पृष्‍ठ भुमिमा यस् संस्था को स्थापना गरी बिस्तार अभियानको थालनी भएको कारण यस् संस्था को केन्द्रिय समितिलाई नै मलेसिया भित्र रहेर श्रम गर्नु हुने सम्पूर्ण सिन्धुपाल्चोक बासी श्रमिक हरुको प्रमुख नेत्रित्व लाई मात्र समेतिएको छ तर संस्था को उदेश्य अनुरुप संस्था लाई नेपाल लगायत् अन्य मुलुक मा पनि बिस्तार गर्दै लैजाने भएकाले संस्था को केन्द्रिय समिती भित्र जुनजुन मुलुक् मा सिन्धुपाल्चोकबासी श्रमिक हरु रोज्गार् को लागि पुगेका छन ति सबै मुलुक् मा यस् संस्थाको स्थापना गरी प्रतेक मुलुक बाट प्रतिनिधि रहेका मुल समितिलाई नै केन्द्रिय समिती मानिने छ ।
आ) केन्द्रिय समितिमा दोस्रो मुलुक हरुमा संस्थाको रुपमा बिस्तार नहुँदा सम्म मलेसिया भित्र मात्र निहित रहदा कम्तिमा १३ जना बढी मा २१ जना सम्मको केन्द्रिय समिती रहन सक्ने छ ।
२) क्षेत्रिय समिती :
अ) केन्द्रिय समिती को मात हत मा रहेका सबै क्षेत्र का संगठन हरु क्षेत्रिय समिती भित्र पर्ने मानि ने छ ।
आ) यस् को अनुबन्धित सदस्य हरुमा कम्ती मा ११ जना र बढी मा १७ जना सम्म रहन सक्ने छ ।
इ) क्षेत्रिय समितिको आपत्कालिन बैठक बस्नु परेमा क्षेत्र गत रुप मा कुनै नयाँ कार्यक्रम को घोषणा गर्नुपरेमा केन्द्र लाई पूर्व जानकारी गर्नु पर्ने छ ।
३) जिल्ला समिती :
अ) नेपाल को पृष्‍ठ भुमी मा मात्रै जिल्ला समितिको अनिबार्य छ ,अन्य क्षेत्र को लागि त्यस क्षेत्र को क्षेत्रिय समिती भन्ने बुझिन्छ ।
४) इकाइ समिती :कुनै पनि उध्योग समिती क्षेत्र मा छरिएर रहेका श्रमिक हरुलाई संगठित गराइ तयार गरेको संगठन लाई इकाइ समिती को रुप मा लिन सकिने छ ।
प्रबासी सिन्धु समाज मलेसिया

::::सिन्धुबासी हरुमा हार्दिक अपिल ::::

आदर्णीय सिन्धुपाल्चोक बासी सम्पूर्ण श्रमजिबी दिदीबहिनी तथा दाजुभाई हरु २००८ जुन ८ तारिखका दिन यस् प्रबासी भुमी मा "प्रबासी सिन्धु समाज " को स्थापना भएको अबगत गराउदछौ । प्रबास मा छरिएर रहेका सम्पूर्ण सिन्धु बासी हरु लाई यस् संस्था मा समाबेश गराइ अाइ परेका समस्या हरुको समाधान गराइ अघी बड्ने उदेश्य लिएको छ । हाल आएर मलेसियामा एउटा समस्या देखा परेको छ । नेपाल स्थित मेन्पावर हरुले एक दिन को आर एम २१ पाईन्छ भनी झुटो एग्रिमेन्ट गराएर सोझासिधा नेपाली लाई सिदेश पठाएका छन तर यहाँ भने रोज्गार दाता कम्पनी ले दिन को आर एम १८.५० दिएर काम मा लगाइराखेको छ । यस् को बारेमा पीडित हरुले नेपाल स्थित मेन पावर मा संपर्क राख्दा कुनै वास्ता नगरेको हुँदा यो समस्या बिकराल बनेको छ । एग्रिमेन्ट अनुसार को सुबिधा माग गर्दा काम बाट निकालिदिने धम्की दिन्छन । यहाँ स्थीत कम्पनी का बोस हरुले यस्तो झुटो अश्वासन मा नफस्नु होला भनी यसै सुचना मार्फत मलेसिया आउन लागेका सिन्धुपाल्चोक बासी हरुलाई सचेत गराउन चाहन्छौ । भोली गएर प्रबासमा नर्किय जिबन जिउन नपरोस भन्दै सम्पूर्ण जिल्ला बासी हरुमा बिजया दशमी २०६५ साल को हार्दिक मंगल् मय शुभकामना ब्यक्त गर्दछौ ।
प्रबासी सिन्धु समाज मलेसिया

प्रबासी सिन्धुसमाज को क्षेत्रीय कमिटी गठन

प्रबासी सिन्धु समाज मलेसिया को क्षेत्रीय कमिटी जोहोर बारु मा सम्पन्न भएको छ । यही २००८ अगस्त को १७ तारिख को दिन जोहोर बारु को गोर्खाली रेस्टुरेन्ट मा मुल कमिटी को निर्णय अनुसार सचिब माधव बुढाथोकी र संचार प्रमुख राम शरण गिरी को उपस्थिती मा कार्यक्रम सम्पन्न भएको थियो । राम शरण गिरीको सभापतित्व उक्त कार्यक्रम सम्पन्न भएको थियो । करीब ५० जान भन्दा बढी सिन्धुपाल्चोक बासी हरु को उपस्थिती मा भएको थियो । रमेश भट्टराइ को अधक्ष्यतामा ११ कार्यसमिती को चयन् गरिएको छ ।
क्षेत्रीय कार्यसमितीहरु को नाम :
१) अधक्ष्य :रमेश भट्टराइ
२) उपाध्यक्ष्य :कमल थापा मगर
३) सचिब :फुल काजी स्याङ्बो
४) कोश अधक्ष्य :मेघ नाथ भट्टराइ

सदस्य हरु :
५) फुर्देमा शेर्पा
६) मिन प्रसाद खतिवडा
७) शेर बहादुर तमाङ
८) नारायण भट्टराइ
९) ढक नाथ नेपाल
१०) राम कृष्ण बराल
११) राम बाबु दनुवर राइ
उक्त कार्यक्रम को सभापति राम शरण गिरी ले मन्तब्य कै क्रम मा " यो हामी लाई रहर होइन यो प्रबासी भुमी मा हाम्रो बाध्यता हो "भनी कार्यक्रम समाप्ति गर्नु भएको थियो कार्यक्रम संचालक माधव बुढाथोकी ले गर्नु भएको थियो ।

मलेसिया मा नेपाली संघ संस्था हरु

प्रबासी सिन्धुसमाज
प्रबासी तमाङ एकता समाज
प्रबासी मगर संघ
नेप्लिज कल्याणकारी संघ
रोज्गार पीडित सरोकार मन्च
अन्तरराष्ट्रिय नेपाल साहित्य समाज
नेपाल विद्यार्थी संघ
नेपाल श्रमिक संगठन
प्रबासी नेपाली एकता समाज
नेपाल तमु समाज
नेपाल सामाजिक सेवा केन्द्र
तनहुँ संपर्क मन्च
चितवन संपर्क मन्च
सिन्धुली सेवा समाज
झापा संपर्क मन्च
काभ्रे सेवा समाज
कास्की सेवा समाज
ईलामेली जनसंपर्क मन्च
खोटाङ सेवा समाज
तरेली संस्कृतिक समुह
श्रमिक कलाकार मन्च
प्रबासी नेपाली सेवा समाज
किरात धर्म तथा साहित्य समिती
प्रबासी नयन साहित्यिक समिती
स्याङ्जा संपर्क मन्च
सगरमाथा प्रबासी युबा समुह
सुदुर पश्चिम सेवा समाज
रुकुमेली प्रबासी श्रमिक एकता समाज
हिमाली प्रबासी संघ
सुन्सरी श्रमिक उत्थान केन्द्र
नेपाली आत्मिय कल्यान समाज
भोजपुर सेवा समाज

क्षेत्री समाज मलेशिया शाखा (नेपाल मलेशिया सङ्योजक राजु क्षेत्री "अपुरो" )०१६३५९१८३७
No posts.
No posts.